चीनसँगको सम्बन्ध अतुलनीय : प्रधानमन्त्री हिप्किन्स

4.15K
shares

बेइजिङ । न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । चीन भ्रमणमा रहेका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको बताए ।

सिन्ह्वाले सोधेको प्रश्नको उत्तर दिँदै,न्युजिल्यान्ड र चीन सम्बन्ध न्युजिल्यान्डका लागि अविश्वसनीय रूपमा महत्त्वपूर्ण रहेको धारणा राखे ।

‘हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका क्षेत्रहरू र हाम्रा साझा चासोहरूद्वारा व्यापकरूपमा परिभाषित गर्न सकिन्छ,’ उनले  भने । कोभिड-१९ को महामारीबाट बाहिर निस्किँदै न्युजिल्यान्डले चीनसँग आर्थिक गतिविधि पुनः स्थापना गर्नु प्राथमिकतामा रहेको हिपकिन्सले बताए । प्रधानमन्त्री हिपकिन्सले भने,’चीन पहिले देखिनै न्युजिल्याण्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ।

चीनसँगको व्यापारको दायरा विस्तार गर्ने सम्भावनाको बारेमा उत्साहित हुँदै उनले भने, ‘द्विपक्षीय शिक्षा सम्बन्ध धेरै राम्रो रहेको र दुई देशबीचको शिक्षा सहयोगलाई थप बढवा दिन तत्पर रहनुपर्छ जसबाट दुवै देश लाभान्वित हुन सकुन् ।

‘हामी विश्वमा उत्कृष्ट पर्यटकीय अनुभवहरू प्रदान गर्दछौं। हामीसँग सुन्दर देश छ र हामी विश्वभरका मानिसहरूसँग साझेदारी गर्न चाहान्छौं’,हिपकिन्सले  भने, ‘चिनियाँ पर्यटकहरूको सङ्ख्या देखेर हामी धेरै उत्साहित छौं । यो सङ्ख्या निरन्तर बढ्दै गएको छ।’

प्रधानमन्त्री हिपकिन्स जुन २५ देखि ३० सम्म चीनको भ्रमणमा छन्  । यस अवधिमा उनले उत्तरी चीनको बन्दरगाह शहर टियाङ्जिनमा समर डाभोस फोरम भनेर चिनिने नयाँ च्याम्पियनहरूको १४ औँ वार्षिक बैठकमा भाग लिँदै छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083