समृद्धिका लागी वृक्षरोपण !

राष्ट्रिय वृक्षारोपण दिवसको शुभकामना

Nepal Life Insurance Long Ad

सागर रिमाल

नेपाल सरकारले आषाढ १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रूपमा मनाउने निर्णय भएको हुँदा उक्त दिनमा राष्ट्रिय वृक्षारोपण दिवस मनाउन थालिएको हो । मानव जीवनमा जन्म देखि मृत्यु सम्ब वृक्ष को अहम् भुमिका रहन्छ मानवले जन्म लिन्छ न्यानो बनाउन त्यही रुखको दाउरा आवश्यक पर्छ अनि जीवन भर अक्सिजन नि त्यही रुखको आवश्यक पर्छ अनि मानव जिवनको अन्त्य हुन्छ त्यही रुखको दाउराले लास जलाउन आवश्यक पर्छ ।

मानिसलाई श्वास फेर्न प्रतिदिन १७.५ के.जी. अक्सिजनको आवश्यकता पर्छ जुन ७ वटा रुखहरूले प्रति रुख २.५ के.जी. अक्सिजन दिएर पुर्ति गरिदिएको तथ्य रहेको छ ।   रुखहरूबाट हामीले गाँस, वास र कपासको आवश्यकता परिपूर्ति गर्दै आएका छौ ।

रुखहरूले वर्षातको पानीलाई आफ्नो हाँगा, काण्ड हुँदै जमिन मुनि पानीको भण्डारण गरी मूलको रूपमा पानी बाहिर आउन सहयोग गरेको पाईन्छ । एउटै रुखले सयौँ किरा, पुतली, चरा, स्तनधारीहरुलाई आश्रय स्थल प्रदान गर्नुका साथै रुखबाट झरेका पात, काठहरू कुहिँदा लाखौँ आँखाले नदेखिने व्याक्टेरिया, भाइरस, मृतजीवीहरुलाई पारिस्थितिक कार्य सुचारु हुनाले जैविक विविधताको संरक्षणमा ठुलो टेवा पुर्याएको छ ।

वृक्षारोपण कार्यले जमिनको माटो अँठ्याई राख्ने र परेको पानीको गतिलाई कम गरी पानी जमिनमुनि जान सहयोग गरेर भूक्षय कम गर्नुका साथै रुखहरू भएको स्थानमा चिस्यान कायम हुन गई खडेरी कम गर्न प्राकृतिक प्रकोप न्यूनीकरण समेतमा सहयोग गरेको पाईन्छ । वृक्षारोपणबाट औद्योगिक कच्चा पदार्थको आपूर्ति भई औद्योगिकरण मार्फत रोजगारी सिर्जना गर्न, व्यापार घाटा कम गर्न र राजश्व प्राप्त गरी समृद्धि हासिल गर्न मद्दत पुगेको छ ।

नेपालको संविधानकोे धारा ३० ले हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको छ । साथै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोग सम्बन्धी नीतितर्फ वातावरणीय सन्तुलनका लागि आवश्यक भू–भागमा वन क्षेत्र कायम गर्ने, प्राकृतिक स्रोत साधनलाई राष्ट्रिय हित अनुकूल तथा अन्तर पुस्ता समन्यायको सिद्धान्त अनुसार दिगो रूपमा उपयोग गर्दै प्राप्त लाभको समन्यायिक वितरण गर्ने नीति रहेको छ ।

 वृक्षारोपण सम्बन्धी समस्या एवं चुनौतीहरू धेरै रहेको पाईन्छ। बिरुवा उत्पादन गर्न आवश्यक पर्ने वन वगैचाबाट बिउ सङ्कलन नगरिनु पनि एक समस्या एवं चुनौतीहरू रहेको छ। उच्च प्रविधियुक्त नर्सरीको अभाव एवं बहुवर्षीय बिरुवाको वृक्षारोपणमा कमी वृक्षारोपण गरिने क्षेत्रको छनोट गर्दा माटो परीक्षण लगायत प्राविधिक पक्षको आकलन नगरिनु पनि समस्या रहेको छ। साथै वृक्षारोपण गर्दा बिरुवा ढुवानी एवं मलखाद र खाडलको साइजको अपर्याप्तता वृक्षारोपण क्षेत्रको उचित संरक्षण र व्यवस्थापन हुन नसक्नु वृक्षारोपण अनुगमन एवं तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्न नसकिनु समेतलाई चुनौतीको रुपमा लिईएको छ ।

वृक्षारोपण कार्यलाई सफल पार्ने उपयाहरु

वगैचाबाट स्वस्थ बिउ तथा कटिङ्ग सङ्कलन गरी बेर्नाहरू उमार्नुपर्छ ।
वृक्षारोपणका लागि उपयुक्त हुने र अन्यथा पेस्की फछ्र्यौट नगरिने व्यवस्थालाई कडाइका साथ लागु गरिनु पर्दछ ।

वृक्षारोपण गर्दा कम्तीमा १ घन फिटको खाडल खनी त्यसमा कम्पोष्ट मल र आवश्यकता अनुसार रासायनिक मलको व्यवस्थापन गरी टेको सहितको ठाउँ सुहाउँदो बिरुवा रोपण गरिनु पर्छ ।
बिरुवा रोपण पश्चात् कम्तीमा ३ वर्षसम्म हेरालु सहित घेरवारको व्यवस्था गर्नु पर्ने र मरेको स्थानमा पुन रोपण गर्नुपर्ने हुन्छ ।

वृक्षारोपण कार्यका लागि भरपर्दो संस्थागत संरचना र क्षमता विकास पनि गरिनु पर्ने र वृक्षारोपण क्षेत्रको नियमित अनुगमन गरी तथ्याङ्क अद्यावधिक गरिनु पर्ने हुन्छ।

अन्तत : यसरी विभिन्न सरकारी र गैर सरकारी क्षेत्रका कार्यालयका खाली ठाउँ, विद्यालय र क्याम्पसका खाली चौरहरूमा वृक्षरोपण गरिन जरुरी रहेको छ । साथै निजी जग्गाहरू, सडक किनारा, नदी र खोला किनारा, सार्वजनिक जग्गा, वन क्षेत्र, झाडी बुट्यान क्षेत्र आदिमा समेत वृक्षारोपण गरिनु पर्दछ ।

आम नागरिक, निजी क्षेत्र, नागरिक समाज, राजनीतिक पार्टी, सरकारी क्षेत्र सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी वृहत् रूपमा वृक्षारोपण गरिन आवश्यक रहेको छ ।

लेखक : सागर रिमाल अनेरास्ववियू क्रान्तिकारीका बिद्यार्थी नेता हुन्

१४ असार २०८०, बिहीवार १८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु