पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

4.37K
shares

काठमाडौं । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज दिउँसो इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खस्दा सडक बन्द भएको हो ।

पहिरो खसेपछि सडकमा गाडी लाम लागेको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा सडक खण्ड एक घण्टा बन्द भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083