धादिङको खनियाबास गाउँपालिकामा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम सम्पन्न
वि.सं.२०८० असार १६ शनिवार २०:४१
shares

धादिङ । धादिङ जिल्लाको खनियाबास गाउँपालिकाले गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित स्थानीयहरुलाई प्रोत्साहन स्वरुप बैकल्पिक आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित स्थानीय परम्परागत खेतिबालीलाई प्रोत्साहन गरी अर्गानिक रुपमा होमस्टे सँचालन गरी आर्यआर्जनमा टेवा पुग्ने र होमस्टेका माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नुको साथै स्थानीयलाई स्वरोजगार बन्न निकै ठुलो योगदान पुग्ने आधारभुत होमस्टे तथा कुक तालिम प्रदान गरिएको पालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।

त्यस्तै पर्यटन प्रवर्द्धनसंगै मानव स्वास्थ्यलाई स्वस्थ तथा हराभरा बनाई राख्न प्रकृतिको लयलाई पकड्न आवश्यक रहेको र रसायनिक मिसावटमुक्त तथा हाईजेनिक खानपिनबाट मानव स्वास्थ्यलाई स्वस्थ राख्न होमस्टेले ठुलो मद्दत पुग्ने गणेश हिमाल पर्यटन विकास समितिका कार्यबाहक अध्यक्ष टेक खकुरालले जानकारी दिए ।
तस्वीरमा हेर्नुहोस्



































