नेपाल फार्मास्युटिकल एसोसिएसन डिप्लोमा इन फार्मेसीतर्फको केन्द्रिय अध्यक्षमा रंगमान मल्ल निर्बाचित
वि.सं.२०८० असार १६ शनिवार १९:२२
34.54K
shares
shares

काठमाडौ । नेपाल फार्मास्युटिकल एसोसिएसन डिप्लोमा इन फार्मेसीतर्फको निर्वाचनमा केन्द्रिय अध्यक्षमा रंगमान मल्ल निर्बाचित भएका छन् । सात वटै प्रदेशको परिणाम अनुसार उनले ३८७ मत प्राप्त गरी उनी केन्द्रिय अध्यक्षमा निर्बाचित भएका हुन् । त्यस्तै अध्यक्ष पबन राज न्यौपानेले २१० मत प्राप्त गरेका हुन् ।
उपाध्यक्षमा मान बहादुर मगरले -१६९ मत ल्याई निर्बाचित भएका हुन् । सुनिल गौतम -१५२, कृष्ण चौधरी- १४४, रोसन कुमार राजवंशी- ९७, ओसन रानाभाट- १४ मत प्राप्त गरेका हुन् ।
सचिवमा पशुपति गिरि निर्बिरोध निर्बाचित भएका हुन् भने कोषाध्यक्षमा रोशन कुमार शाह पनि निर्बिरोध निर्बाचित भएका हुन् ।
विज्ञप्ती सहित
































