नेपाल पुलिस स्कुलका शिक्षकहरूको क्षमता अभिवृद्दि तालिमको उद्घाटनमा एआईजी ज्ञवाली !

3.71K
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुशीका शिक्षकका लागि अभिमुखीकरण तालिमको मंगलबार नेपाल जेसुइट सामाजिक संस्था (NJSI) पुल्चोक ललितपुरमा उद्घाटन भएको छ ।

तीन दिने अभिमुखीकरण तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले एक दक्ष प्रशिक्षित शिक्षकको काँधमा विद्यार्थीहरूको व्यक्तिगत आवश्यकताहरू पूरा गर्दै बच्चाको क्षमता र कमजोरीहरू पहिचान गरी उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रको मेरुदण्डकोरुपमा विकाश गर्ने पवित्र जिम्मेवारी पूरा गर्ने दायित्व रहेको बताए ।

May be an image of 9 people, dais and text

छोटो अवधि भए पनि यस अभिमुखीकरण कार्यक्रमले शिक्षकहरूमा आधुनिक शिक्षा तथा प्रविधिको ज्ञान हुने बताउँदै प्रहरी अतिरीक्त महानिरीक्षक ज्ञवालीले गुणस्तरीय शिक्षाको लागि बिगतमा नेपाल जेसुइट सामाजिक संस्था (NJSI)  ले नेपाल पुलिस स्कुल सामाखुशीलाई पूर्वाधार तथा तालिमको लागि सहयोग गरेको स्मरण गर्दै हालको सहयोगको लागि समेत धन्यवाद व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्ष तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्‍ठ उपरीक्षक शिद्दी विक्रम शाह  त्यसै गरि नेपाल जेसुइट सोसाइटी संरक्षक तथा सेन्ट जेभियर स्कुल जावालाखेलका पूर्व प्रिन्सिपल, सेन्ट मेरीज स्कुल काठमाण्डौकी प्रिन्सिपल, सेन्ट जेभियर कलेज माइतिघरका निर्देशक, सेन्ट जेभियर स्कुल जावालाखेलका प्रिन्सिपल लगायत अन्य व्यवस्थापकपहरू तथा नेपाल जेसुइट सामाजिक संस्था (NJSI)  रोय सवेस्टयन लगायत प्रशिक्षक समूह, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु समेत उपस्थीति रहेको थियो ।

May be an image of 6 people and dais

May be an image of 9 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083