महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदनको भवन (फोटोफिचर)
वि.सं.२०८० साउन ३ बुधवार १६:१४
4.69K
shares
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ ।
सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवनमा बुधबार डोजर चलाएको हो । यस अघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिन अघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो ।





































