‘ब्रेक शु’सहित सुनको तौल १५५ केजी ४६८ ग्राम

5.15K
shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ‘ब्रेक सु’सहितको तौल लिइएको छ।

टक्सार विभागले ब्रेक सुसहित जोख्दा आठ पोकाको कुल तौल १५५ केजी ४६८ ग्राम रहेको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।

सुन कति छ भनेर ब्रेक सुल निकालेर मात्र थाहा हुने आचार्यकाे भनाइ छ । ‘ब्रेक शु’भित्र सुनका साना-साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ उनले भने । सुनलाई मुचुल्का उठाएर  महाशाखाको ढुकुटीमा राखिएको छ ।

रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083