कतारका राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई
वि.सं.२०८० साउन ४ बिहीवार १७:११
3.65K
shares
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ।






























