‘सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन हुन्छ’ : कानुनमन्त्री गुरुङ

3.02K
shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित बीपी स्मृति सप्ताह कार्यक्रममा उनले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताए ।

सबै नेताको सम्पत्ति छानबिन गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको भन्दै मन्त्री गुरुङले भने, ‘प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले बसेर भनेको छु, अघि बढ्नुस् एउटापछि अर्को फाइल खोल्दै जाने, जोजो पर्छन् पर्छन् कांग्रेस, एमाले, माओवादी कोको पर्छन् मलाई थाहा छैन । तर, एकपछि अर्काे गरी फाइल खोल्दै ठोक्दै जाने हो । भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउने नै हो भनेर कुरा भएको छ ।’

उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान सुरु गर्नुपर्ने बताएका उनले सुशासन स्थापना गराउने हो भने उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083