एनआरएनए पोर्चुगलको अध्यक्षमा उमेश खड्काको उम्मेदवारी

4.77K
shares

काठमाडौं। जुलाई ३० तरिखमा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको नयाँ नेतृत्व चयन हुने भएसँगै निर्वाचनको प्रचार -प्रसार तिव्र रुपमा अघि बढेको छ ।

बिगत लामो समयदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको विभिन्न समितिमा रहेर निरन्तर काम गरिराखेका उमेश कुमार खड्काले अध्यक्षमा  आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी दिएका छन् । वर्तमान कार्यसमितिको उपाध्यक्षमा समेत रहेका खड्काले आगामी २०२३–२५ को कार्यकालका लागि  अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पोर्चुगलको नेपाली समुदायमा हुने हरेक सामाजिक सेवा र मानवीय सेवामा खटिरहने खड्काले एनआरएनए पोर्चुगलको संस्थागत विकासका लागि शुरुवादेखि नै महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

समाजसेवी खड्काले प्रवासमा रहेका श्रमजीवी नेपालीहरूको सबैखाले समस्याहरूको सही पहिचान गरेर समाधान गर्न आफू सधैं तयार रहेको बताएका छन् । विशेष गरी युवाहरूको माझमा लोकप्रिय खड्काले आफू नेपाली समुदायप्रति उत्तरदायी रहेर सेवामूलक काम गर्ने भएकाले आफूलाई पोर्चुगलवासी गैरआवासीय नेपालीहरूको साथ मिल्ने विश्वास व्यक्त गरे ।

दोलखा घर भएका खड्का विगत ९ वर्षदेखि पोर्चुगलमा बसेर व्यापार, व्यवसाय सञ्चालन गरिरहेका छन् । सफल व्यवसायीको रुपमा समेत परिचित उनले आफ्नो व्यवसायसँगै हजारौं नेपालीहरूलाई रोजगारीको सहजकर्तासँगै कागजी प्रक्रियाको लागि सहयोग गर्दै आइरहेका छन् ।

विदेशको भूमिमा रहेका श्रमजीवीहरूको समस्या पहिचान ठोस गरी समाधान गर्ने नेतृत्व लिनका लागि आफूले अध्यक्ष पदमा उमेदवारी दिएको उनले बताए । खड्काले रोजगारी गुमाएर बसेका, बिरामी परेका, कानूनी तथा प्रक्रियागत झन्झटमा रहेका नेपालीहरूलाई मानवीय सहयोग गर्दै आइरहेका छन् ।

पोर्चुगलमा यही जुलाई ३० तारिखमा नवौ राष्ट्रिय महाअधिवेशन हुँदैछ। नेतृत्व चयनका लागी करिब २५०० सदस्यहरु मतदानमा सहभागी हुदैछन्।

एनआरएन पोर्चुगललाई एकताबद्ध, सशक्त र मजबुद बनाउन र पोर्चुगलमा रहेका नेपालीहरुको सु:खदु:खमा दरिलो साथी बनाउनका लागि आफु संस्थाको नेतृत्वमा आउन चाहेको उनको भनाइ छ। युवा उद्यमी तथा समाजसेवी उमेश  खड्काले आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि दिन सबैमा अपिल गरिरहेका छन् ।

यस्ता छन् उनका प्रतिबद्धताहरु

१) हरेक पोर्चुगल बासी नेपालीको अपनत्व हुने गरी संस्था रुपान्तरणको निरन्तरता दिने ।

२) गैरआवासीय नेपाली संघका पदाधिकारीहरुलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन वैधानिक व्यवस्था गर्ने साथै एनआरएनए पोर्चुगल ले तय गरेको नीति तथा योजनाहरुलाई सार्वजनिक छलफलमा ल्याउदै आवश्यक सल्लाह, सुझाव सहित संकलन गर्ने गरी सुचना आदान प्रदानलाई प्रभावकारी बनाउने छु ।

३) ५० हजार युरोसम्मको अक्षयकोष स्थापना गर्दै आपतकालीन कामका लागि प्रयोग गर्ने।

४) मातृभूमिको लागि आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रबर्धनका कार्यक्रमहरुको निरन्तरता सहित सुदृढ़ र एकिकृत नेपाली समाजको परिकल्पना लाई अगाडी बढाउने।

५) संस्थाको दिगो आर्थिक मजबुतीकरण र पारदर्शितालाई सुद्रिढीकरण गर्ने ।

६) स्मार्ट एनआरएनए अभियानलाई अझै मुर्त रुपमा ल्याउन र आवश्यक ढाट़ा सुरक्षा प्रणालीलाई सुद्रिदिकरण गर्न पहल गर्ने।

७) युवाहरुलाई एनआरएनए अभियानमा स्वतस्फूर्त सक्रिय हुने वातावरण तयार गर्ने।

८) ‘’नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक हित र अधिकार प्राप्तिका लागि निर्णयात्मक भूमिका खेल्ने।

९) बालबालिकाको लागि नेपाली भाषा,साहित्य,कला र संस्कृतिको प्रबन्ध तथा विकासको लागि समुदाय संग मिलेर प्रभावकारी अभियान चलाउन पहल गर्ने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083