सुन प्रकरण : कमलपोखरीस्थित व्यापारी अडुकियाको घरमा राजस्व अनुसन्धान विभागको छापा

7.03K
shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन प्रकरणमा राजस्वले व्यापारी राकेश कुमार अडुकियाको घरमा छापा हानेको छ ।

बुधवार कमलपोखरी स्थित अडुकियाको घरमा छापा मारेको अनुसन्धानमा संलग्न राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले  बताए ।

व्यापारी अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको अनुसन्धानबाट थाहा भएको छ । नेपालमा व्यापार व्यवसाय गर्दै आएका अडुकिया सेयर कारोबारमा पनि संलग्न छन् ।