‘अहिले पार्टी एक ढिक्का भएकाे छ’ : प्रधानमन्त्री प्रचण्ड
वि.सं.२०८० साउन २१ आइतवार ०६:१२
5.84K
shares
shares

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पार्टी एक ढिक्का भयो भन्ने सबैलाई महसुस बताएका छन्।
जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिने क्रममा शनिबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले वाद विवाद र संवादमा बैठक टुंगिने र अहिलेसम्मको छलफलले पार्टी एक ढिक्का भएको महसुस भएको बताएका हुन्।
‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ। वाद, विवाद र संवादमा यो बैठक टुंगिँदै छ,’ उनले भने।
केन्द्रीय कमिटीमा पार्टी नेतृत्व र प्रचण्डले अत्यधिक परिवारमोह देखाएको भन्दै आलोचनासमेत भएको थियो।
यद्यपि, शनिबारसम्म आइपुग्दा नेताहरूले आफूहरू प्रचण्डको नेतृत्व स्वीकारेर उनलाई सहयोग गर्न तयार रहेको बताएका थिए।





























