नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथ ग्रहण

3.94K
shares

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सोमबार अनुमोदन गरेपछि सोमबार नै राष्ट्रपति  पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । श्रेष्ठ ०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083