मन्त्री किराँती पिताको निधनप्रति लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामाद्वारा शोकव्यक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किराँतीका पिता हर्कबहादुर राईको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।
मन्त्री किराँतीलाई पितृ शोक परे पछि माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले शोक व्यक्त गरेका छन् ।
शोक वक्तव्य जारी गर्दै आदरणीय बुबा राइको असामयिक निधनप्रति आफु मर्माहत र स्तब्ध भएको बताएका छन् ।
‘यस दुःखद घडीमा सम्पूर्ण लुम्बिनी परिवार र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ’, शोक वक्तव्यमा भनिएको छ ।
साथै उहाँको आत्माको चीर शान्तिको लागि गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माया देवी मन्दिर परिसरमा निधन भएका राईको सम्झनामा एक सय आठ दिप प्रजलन गरि पुर्जा समेत गरेका गरेका हुन् ।
मन्त्री किराँतीका पिता हर्कबहादुर राईको ७६ बर्षको उमेरमा आजा बिहान ४:४० मा बिर हस्पिटलको आइसियुमा उपचारको क्रममा असामयिक निधन भएको हो ।
६ भदौ २०८०, बुधवार ०९:१५ बजे प्रकाशित