लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामाद्धारा माया देवी मन्दिरमा एक सय आठ दिप प्रज्वलन

7.8K
shares
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पिताको शोकमा माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामा द्वारा लुम्बिनीको माया देवी मन्दिरमा एक सय आठ दिप प्रज्वलन गरि उहाँको आत्माको चीर शान्तिको कामना गरेका छन् ।
No description available.
उपाध्यक्ष डा.लामा आत्माको चीर शान्तिको लागि दिप प्रजलन सहित पुर्जा गर्दै
मन्त्री किराँतीका पिता हर्कबहादुर राईको आज बिहान वीर अस्पतालमा निधन भएको हो । साथै डा.लामाले शोक वक्तव्य जारी गर्दै  आदरणीय बुबा राइको असामयिक निधनप्रति आफु मर्माहत र स्तब्ध भएको बताएका छन् ।
‘यस दुःखद घडीमा सम्पूर्ण लुम्बिनी परिवार र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ’, शोक वक्तव्यमा भनिएको छ ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083