‘लुम्बिनीको विकास र संरक्षण गर्नु मेरो मुल दायित्व हो’ : उपाध्यक्ष डा.लामा

18.94K
shares

लुम्बिनी । लुम्बिनी बुद्ध धर्म संरक्षण समिति द्वारा आयोजना गरिएको बधाई तथा शुभकामना साथै अन्तरास्ट्रिय गुम्बा प्रतिनिधिहरु सगको साक्षतकार  कार्यक्रममा मन्तव्य राख्दै माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले लुम्बिनीको विकासको निम्ति आफू लुम्बिनी आएको बताएका छन् ।

No description available.

विश्वभरका सवा अर्व बौद्धमार्गीहरूको सबैभन्दा ठूला पवित्र तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले विश्व जगतको आर्कषणको केन्द्रको रुपमा रहेको भन्दै यसको विकास र संरक्षण गर्नु आफ्नो मुल दायित्व रहेको बताएका छन् ।

उपाध्यक्ष डा.लामाले लुम्बिनीमा रहेको बत्तीको समस्या, भित्र सडक मार्ग र भ्रमण गर्ने महत्त्वपूर्ण स्थानहरुमा शौचालयको व्यवस्था र वस्तुभाउले लुम्बिनी परिसर भित्र आएर फोहोर गरेको समस्या भएकाले तत्काल उक्त समस्याहरुको हल गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा लुम्बिनी बुद्ध धर्म संरक्षण समितिका सचीव भिक्षु सिरि वजिर र अध्यक्ष मैत्री महास्थविरले कार्यक्रममा समग्र विहार तथा गुम्बाहरुको समस्या बारे ध्यानाकर्षण गराउनु भएको थियो भने चाइना, जापान, थाइल्यान्ड,भुटान, भारत लगायतका अन्तरास्ट्रिय धर्मगुरुहरुले लुम्बिनीको बारेमा संक्षिप्त मन्तव्य राखेका थिए।

 

तस्वीरमा हेर्नुहोस्

No description available.

No description available.

No description available.

No description available.

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083