तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ चयन

8.26K
shares

धादिङ। तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ चयन भएका छन्। संघको  धादिङबेशीमा सम्पन्न अधिवेशनले निर तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ, सह सचिवमा सुसान तामाङ र कोषाध्यक्षमा युनिष तामाङ चयन भएका छन्।यस्तै सदस्यहरुमा संगिता तामाङ,कमल तामाङ, याकुब तामाङ, शर्मिला तामाङ र सम्झना तामाङ छन्,भने जिल्ला सदस्यमा हर्क तामाङ,बम्प तामाङ ,दावा तामाङ,सागर तामाङ रहेको छ ।

संघका कार्यवाहक अध्यक्ष मनिष तामाङको अधयक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको प्रमुख अथित्य र बिशिस्ट खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ, नेत्रावती डवजोङ गाउँपालिकाकी उपाध्यक्ष सितामाया चोदेन,धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङ,तामाङ पत्रकार संघका केन्द्रीय सदस्य बिमल तामाङ ,बागमती प्रदेश सद्स्य सन्दिप स्यम्चेन लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083