छोटो समयमै राम्रो काम गरेर उपत्यका प्रहरी कार्यालयबाट बिदा भए एआईजी ज्ञवाली !
वि.सं.२०८० भदौ ९ शनिवार १५:२८
shares

भुमिराज अधिकारी
काठमाडौ । प्रहरी अधिकारीहरुले नेतृत्व गरेको जिल्ला, प्रदेश वा विभागको कार्यकाल सकिदै गर्दा केही न केही छाप छाडेर जान्छन् । अझ विभागको नेतृत्व गरेर विदा हुने बेला प्रहरी अधिकारीहरुको प्रशंसा पाउने भन्दा आलोचना पाउने धेरै हुन्छन् । विभिन्न कारणले आलोचना पाउने प्रहरी अधिकारीहरु धेरै नै हुन्छन्। तर त्यस्ता केही प्रहरी अधिकारीहरु छन्, जसको विदाई तथा सरुवामा मातहतका कर्माचारी तथा स्थानिय नागरिकहरु, बौद्धीक वर्ग असाध्यै नरमाइलो अनुभुति गर्छन् ।
नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको छवि बनाउन सफल प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीको विदाई कार्यक्रममा काठमाडौंबासी र मातहतका कर्माचारीले त्यस्तै नरमाइलो अनुभुति गरेका छन् ।

एआईजी श्याम ज्ञवालीले गरेको काम, उनको समयमा नक्कली भुटानी शरणार्थी प्रकरण देखी तस्कर विचौलिया र भ्रष्टहरुको भागाभाग भएको जनता सबैले सदैव सम्झिरहने छन् । जनताले त्यस्ता कामहरुको लागि ती अधिकृतलाई सदैव सम्मान गरिरहने छन् । झन् जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुखको रुपमा ज्ञावलीले जनतासँग सकेसम्म मिजासपूर्ण सहकार्यमा समन्वय गरिरहेका थिए ।
एआईजी ज्ञवालीले छोटो समयमै भएको आफ्नो सरुवालाई सामान्य रूपमा लिएको टिप्पणी गरेका छन् । उपत्यका प्रहरी कार्यालयबाट सरुवा भएपछि आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी दिदै उनले आफ्नो कार्यकालमा आफूले गरेका कामबाट आफू सन्तुष्ट रहेको बताउँदै सरुवालाई सामान्य रूपमा लिएको बताए ।

उनले भने, ‘आवश्यकता अनुसार सरुवा हुन्छ, सरुवा काम गर्नका लागि हो , आफ्नो तोकिएको काम गर्ने हो । मलाई तोकिएको काम मैले यहाँ गरे , अब आउनेले पनि गर्नु हुन्छ, कानुनले तोके बमोजिमको काम गर्ने हो । अर्को ठाउँ गए पनि मेरो काम निरन्तर हुन्छ , सामान्य छ यो कुरा ! हाम्रो संगठनले दिएको भूमिका निर्वाह गर्ने हो । त्यसमा म खुसी छु ।’
ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला ज्ञवालीको सरुवा भएको हो । ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो ।
यो पनि
































