सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गरिने

6.08K
shares

काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार मात्रै गरिने भएको छ ।

छोराहरू आएपछि मात्रै अन्त्येष्टि गर्ने परिवारकाे आग्रहका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। त्यसपछि नेम्वाङको पार्थिव शरीर उनकै निवासमा लगिने छ । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिनेछ ।

नेम्वाङको राजकीय सम्मानका साथ बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए।

नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083