कान्तिपुर सिटि कलेज इकाइ अध्यक्षमा आशिष बाबू मङग्राती निर्वाचित !

15.05K
shares

काठमाडौ । कान्तिपुर सिटि कलेज अखिल (क्रान्तिकारी) इकाई समितिको अध्यक्षमा आशिष बाबू मङग्राती निर्वाचित गरेर इकाई सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ।

अखिल ( क्रान्तिकारी ) केन्द्रिय उपाध्यक्ष इन्द्र भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संगठनका उपाध्यक्ष इन्द्र भुसालले इकाई समितिलाई सम्मेलनको शुभकामना व्यक्त गरेका हुन् ।

अखिल(क्रान्तिकारी) को आफ्नै गौरव गर्न लायक इतिहास बताउदै उपाध्यक्ष भुषालले जनयुद्धको समयमा त्याग, तपस्या, बलिदान र समर्पणले ओतप्रोत जिवन्त सगठन भएको कारण पनि आम विद्यार्थीहरुलाइ क्रान्तिकारी हुन गोलबन्ध हुन आग्रह गरेका छन् ।

May be an image of 8 people and text

विद्मार्थि नेता गंगालाल श्रेष्ठ देखी वेनोज अधिकारी सम्मका नेपाली विद्यार्थी आन्दोलनको इतिहास अध्ययन गर्दा पनि विद्यार्थीहरु सधै प्रतिपक्ष भुमिका रहेको भन्दै कलेजको ज्यादती विरुद्ध अखिल(क्रान्तिकारी) सधै प्रतिपक्ष भुमिका निर्वाह गर्न समेत विद्यार्थीहरुलाई आग्रह गरेका हुन् ।

विद्यार्थी संगठन राज्यले गरेका सकारात्मक कामको समर्थन र विद्मार्थि तथा आम जनताको अहित हुने कामको सधै बिपक्ष वा प्रतिपक्ष रहेर भण्डाफोर गर्दै खवदारी गर्न समेत जोड गरेका छन् ।

May be an image of 9 people

अखिल(क्रान्तिकारी) तत्कालीन समय देखी वर्तमान सम्म शैक्षिक माफियाका विरुद्ध जेहाद चलाउने संगठनको रुपमा स्थापित बनाएर लैजान आफू सक्रियताका साथ लागी परेको स्मरण गराउदै उपाध्यक्ष भुषालले अबको प्रमुख कार्यभार सगठन एकताबद्ध बनाएर लैजान हुन पर्ने समेत बताए।

कार्यक्रममा विशेष अतिथिहरु केषव रावल, संन्जय काल्धन, उपेन्द्र शाहीले शुभकामना मन्तव्यहरु राखेका थिए। श्याम रोक्का, शिक्षा पाण्डे, सबिन खड्का, टोपेन्द्र खड्का लगायतको उपस्थित रहेको थियो।
सम्मेलन बाट आशिष बाबू मग्राती, उपाध्यक्ष जीवन न्यौपाने, दिवाकर चौधरी, अमिस चौधरी,सुदिप कुमाल, मन्धुम ह्याङ राई सह सचीव विजय भट्टराई कोषाध्यक्ष सविता वाग्ले लगायत ३५ सदस्य सहित निर्वाचित गरेको हो।

May be an image of 3 people and people studying

May be an image of 11 people, people smiling and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083