चीनमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’
वि.सं.२०८० असोज ८ सोमवार ०९:५७
5.67K
shares
shares

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा चिनियाँ सेनाले गार्ड अफ अनर अपर्ण गरेको छ ।
चिनियाँ समकक्षी ली छ्याङसँगको द्विपक्षीय भेटवार्ता अघि प्रधानमन्त्री प्रचण्डको सम्मानमा गार्ड अफ अनर प्रदान गरिएको हो ।
बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा अहिले नेपाल र चीनबीच द्विपक्षीय वार्ता भैरहेको छ ।
































