शैक्षिक संस्थाहरुकाे अनुगमनमा माअाेबादी केन्द्र कामनपा वडा ७ अभियान समिति

8.41K
shares

काठमाडौ । नेकपा माओवादी केन्द्रले चलाएकाे जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान यतिबेला देश भरि नै चलि रहेकाे छ । विभिन्न जिल्लाहरुमा अाआफ्नै गतिबिधिबाट कार्यक्रमहरु चलि नै रहेकाे छ ।

यसै बिच अभियानलाई निरन्तरता दिदै काठमाडौ महानगरपालिका वडा नम्बर ७ काे अभियान तीब्र रुपमा अगाडि बढि रहेकाे छ ।

यसैबिच काठमाडौ वडा नम्बर ७ मा अवस्थिति शैक्षिक संस्थहरुमा पनि माओवादी केन्द्र वडा ७ अभियानले अनुगमन गर्न थालेकाे छ । निजि एबम् सरकारी/ अर्धसरकारी शैक्षिक संस्था विद्यालय , क्याम्पसहरुले शुल्क बढि लिई रहेकाे बेला केही राहात हुने साथै शैक्षिक अवस्थाकाे बारेमा पनि सत्य तथ्य थाहा हुने भएकाेले अभियानद्वारा अनुगमन सँञ्चालन गरिएकाे हाे ।

अाजबाट चाबहिलमा रहेकाे पशुपति मित्र माध्यामिक विद्यालयमा पुगि अनुगमन शुरु गर्न थालेकाे हाे । सल्लाह सुझाब दिएकाे साथै लिएकाे अभियान टोलि र विद्यालयका प्रध्यानध्यापक चन्द्रकान्त पण्डित त्यसै गरि सहायक प्रध्यानध्यापक भरत जिसीसँग महत्वपुर्ण छलफल समेत भएकाे छ ।

शैक्षिक गुणस्तर , शिक्षकको अबस्था ,भौतिक संरचना , खेलकुद मैदान लाइबेरीको अबस्था, आधुनिक लाईबेरी आवश्यकता र स्थानीय सरकारको सहयोग हस्तक्षेप लगाएत विद्यालय सुधारको लागि (माओवादी केन्द्र ) ले खेल्नु पर्ने भुमिका साथै विद्यालयले अभियानबाट गरेकाे अपेक्षाकाे बारेमा छलफल भएकाे अभियानका संयाेजक इन्द्र भुषालले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083