माओवादी केन्द्र कामनपा वडा नम्बर ७ समितिद्वारा सरसफाई कार्यक्रम सम्पन्न
वि.सं.२०८० असोज १३ शनिवार १२:१०
shares

काठमाडौ । नेकपा माओवादी केन्द्रले चलाएकाे ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ यतिबेला देश भरि नै बृहत् रुपमा चलि रहेकाे छ । विभिन्न जिल्लाहरुमा कार्यक्रमहरु निरन्तर चलि नै रहेकाे छ ।
अभियानलाई निरन्तरता दिदै काठमाडौ महानगरपालिका वडा नम्बर ७ काे अभियान पनि सक्रिय ढङ्गबाट अगाडि बढि रहेकाे छ ।
‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका वडा नम्बर ७ अभियानको आयोजनामा नियमित कार्यक्रम अन्तर्गत चावहिल स्तुपामा सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।


सरसफाई कार्यक्रमलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् अभियानका संयाेजक युवा नेता इन्द्र भुषालले सम्बाेधन गरेका थिए ।
उक्त सरसफाई कार्यक्रममा वडा पार्टीकाे नेतृत्व त्यसै गरि वडाबासी नागरिकहरु, समाजसेवी, बुद्धिजिवि, युवा विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
















