नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०७९”

7.35K
shares

इटहरी । नेपाल प्रहरीको सेवा प्रभावकारीताको मूल्याङ्कन गर्न तथा सांगठनिक सुधारका प्रयासहरुमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरुप संचालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०७९” अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भएको छ ।

अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाण्डौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारी, प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेल सहितको प्रहरी टोलीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको निरीक्षण गर्नु भएको थियो । निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरिक्षक ज्युबाट कार्यालय परीसरमा रुद्राक्षजातको बिरुवा वूक्षारोपण गर्नु भई निरीक्षण टोलीले समग्र जनशक्ति, कार्यालय, ट्राफिक व्यवस्थापनका सामाग्रीहरूका साथै कार्यालयहरुमा रहेका सम्पूर्ण शाखाहरु र शाखामा रहेका अभिलेख व्यवस्थापन, कार्यशैली लगायतको निरीक्षण गर्नुका साथै कार्यालयमा प्रहरी कर्मचारीको उत्प्रेरणा, खानाको गुणस्तर र ब्यारेक समेतको निरीक्षण गर्नुभएको थियो । निरीक्षणको क्रममा ट्राफिक प्रहरी प्रमुख सरोज पौडेलले समग्र प्रदेशको ट्राफिक ब्यबस्थापनको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

निरीक्षणकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन तथा सम्बोधन गर्नुहुँदै ट्राफिक प्रहरीले सडकमा खटिँदा शून्य सहनशीलताका साथै उच्च मनोबल एवं ईमान्दारीताका साथ कार्यसम्पादन गरी नैतिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै संगठनको श्रीवृद्धिमा लाग्न सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।