अनमोल केसी हिरासतमुक्त
वि.सं.२०८० असोज १४ आइतवार २१:४१
11.14K
shares
shares

काठमाडौं – कलाकार अनमोल केसी हिरासतमुक्त भएका छन्।
उनलाई आइतबार बेलुकी हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।
आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार अनमोललाई हिरासतमुक्त गरिएको हो।
शुक्रबार पक्राउ परेको र शनिबार सार्वजनिक बिदा भएकाले उनलाई अदालतमा उपस्थित गरिसकेको थिएन। आइतबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको थियो। अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले तीन दिनको म्याद दिएको थियो।

















