नोबेल चिकित्सा पुरस्कार कोभिड भ्याक्सिन प्रविधि आविष्कार गर्ने वैज्ञानिकहरूलाई प्रदान

6.16K
shares

काठमाडाैँ । चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मेसेन्जर रिबोन्यूक्लिक एसिड (एमआरएनए) कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने वैज्ञानिकको जोडीलाई दिने घोषणा गरिएको छ ।

यी दुई वैज्ञानिकहरू हुन् डा. क्याटालिन क्यारिको र डा. ड्र्यू विजम्यान। यो प्रविधि कोभिड महामारी अघि प्रयोग गरिएको थियो तर पछि यो विश्वभरि लाखौंलाई दिइयो।

यस मेसेन्जर रिबोन्यूक्लिक एसिड प्रविधिमा क्यान्सरलगायत अन्य रोगका बारेमा थप अनुसन्धान भइरहेको छ । यसले शरीरलाई प्रोटिन कसरी बनाउने भनेर बताउँछ।

सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छिन् भने सन् १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका विजम्यान अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन्।

नोबेल पुरस्कार समितिले भनेको छ, ‘आधुनिक समयमा मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतराको समयमा भ्याक्सिन विकासको अभूतपूर्व दरमा पुरस्कार विजेताहरूले योगदान दिए ।’

नोबल पुरस्कार विजेतालाई ९ लाख अमेरिकी डलरसँगै २४ क्यारेट सुनको तक्मा प्रदान गरिन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083