हारपछि मन दुख्छ, त्यसैले मिलेर अगाडि बढ्नुहोस् : केपी ओली

4.12K
shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले उपत्यका विशेष प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका छन्।

अघिका प्रदेश अधिवेशनलाई लिएर विपक्षीहरूले टीकाटिप्पणी गर्ने अवसर पाएको भन्दै अध्यक्ष ओलीले सर्वसम्मतीको प्रयास गरेर अगाडि बढ्न आग्रह गरेका छन्।

आज अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले प्रतिस्पर्धामा गएपछि एउटाको जित र अर्कोको हार हुँदा हार्नेको मन दुख्ने बताए। मन नदुखाउनका लागि सर्वसम्मत नेतृत्व चयननै उत्तम विकल्प रहेको उनको भनाई छ।

‘यहाँ प्रतिस्पर्धा जितेर पनि के–के न ठूलो कुरा पाइने होइन। सबैले जित्ने पनि होइन, एउटाले जित्छ, अर्कोले हार्छ। हारेपछि मन दुख्छ,’ उनले भने। सहमति कसैको मन नदुख्ने उनको भनाइ थियो।

‘मन नदुखाई अगाडि बढ्ने काम सबैभन्दा राम्रो हो नि त । किन मन दुखाउने?,’ उनी भन्छन्।

यस विभिन्न प्रदेशमा सम्पन्न भएको अधिवेशनमा पनि सकभर सहमतिको प्रयास र कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भन्दा विपक्षी र मिडियाहरुले गलत टीकाटिप्पणी गरेको उनले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083