रुबिभ्याली गाउँपालिकाद्वारा बर्खायाममा बिग्रेका सडक मर्मत सम्भार सुरु
वि.सं.२०८० असोज २० शनिवार १५:०६
shares

रुबिभ्याली । चाडपर्व नजिकिएसंगै धादिङ रुबिभ्याली गाउँपालिकाले बर्खायाममा बिग्रेका सडक मर्मत सम्भार सुरु गरेको छ ।
रुबिभ्यालीका स्थानीय जनतालाई यातायात सुविधाको लागि बर्खायाम कम भएसंगै दशैं अगावै सडक सफा गर्ने काम अगाडि बढाइएको पालिका अध्यक्ष रामसिंह तामाङले बताए । बाटो सरसफाइ तिब्रगतिमा सुरु भइसकेको छ र तिप्लिङ्सम्म सवारीमा यात्रा गराउने तयारी गरेको अध्यक्ष तामाङले बताए ।

धादिङ साङकोष तिप्लिङ सडकखण्ड अन्तर्गत खनियावासको तारमाने सम्म बाह्रैमहिना सवारी पुगेपनि बर्खायामको तीन महिना खोला बढ्ने र पहिरोको कारण खनियाबासको झार्लाङ र रुबिभ्यालीका जनता पैदल यात्रा गर्न बाध्य छन् ।
खोलाहरुमा पुल बनेपछि सडक पुर्णरुपमा बाह्रै महिना सवारी साधन सुचारु हुनेछ । पुलहरुमा किम्ताङफेदि खोला, लिस्नेखोला, लापा खोला र आदाखोलामा यहि वर्षदेखि पुल निर्माणकार्य अगाडि बढ्ने तयारी रहेको छ ।
अहिलेको स्थानीय सरकारको मुल उदेश्य भनेकै जनताको प्रत्यक्ष सेवा गर्न र विकास निर्माणसंगै सुशासनको पक्षमा अगाडि बढिरहेको अध्यक्ष तामाङले जानकारी दिए ।































