माओवादी केन्द्र कामनपा वडा न ७ समितिद्वारा शहिद,बेपत्ता योद्वा परिवार सम्मानित
जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान

काठमाडौ । नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका वडा नम्बर ७ समिति अभियानले कामनपा वडा न ७ बाट शहिद भएका बेपत्ता योद्वा परिवार तथा घाइतेहरुलाई सम्मान गरेकाे छ।
जनतासँग माओवादी : विशेष रुपान्तरण अभियानकै आयोजनामा संघीय लोकतन्त्रिक गणतन्त्र वहाली गर्ने दश वर्षे महान जनयुद्धमा काठमाडौ महानगरपालिका वडा नम्बर ७ बाट शहिद भएका बेपत्ता योद्वा परिवार तथा घाइतेहरुलाई एक कार्यक्रम अन्तर्गत सम्मान गरेकाे हाे ।
कार्यक्रमकाे प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय उप महासचिव पुर्ब मन्त्री बर्षमान पुन अनन्त , विशिष्ट अतिथि झक्कु प्रसाद सुबेदी ,कार्यक्रमकाे अध्यक्षता आसन ग्रहण अभियानका संयाेजक इन्द्र भुषालले गरेका थिए ।
त्यसै गरि अतिथि , नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश सदस्य तथा काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का अध्यक्ष डम्बर अधिकारी , माधव अधिकारी लगाएतहरुले अतिथिकाे आसन ग्रहण गरेका थिए ।
सम्मान कार्यक्रमलाई माओवादीका नेता बागमती प्रदेश सदस्य डम्बर अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रममा तत्कालिन राज्यद्वारा वेपत्ता भएका घाईते पिडित शहिदहरु अम्बिका भट्टराई, उमादेवी राई,रिता चाैलागाई, उध्दव प्रसाद वडाल, बिरेन्द्र बस्नेत, बिजय देव भट्टराई ,रामेश्वर जंग के.सी, अरुण वडाल,सुशिला थापा,नवराज ढकाल, गाेबिन्द घिमिरे,कमला गुरुङ ,पिताम्बर गिरी लगाएत सम्मानित भएका थिए ।
कार्यक्रममा वडा पार्टीकाे नेतृत्व त्यसै गरि वडाबासी नागरिकहरु, समाजसेवी, बुद्धिजिवि, युवा विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
तस्बीरमा हेर्नुहोस्
२० असोज २०८०, शनिवार १९:२० बजे प्रकाशित