रिगल विरुद्धको रिट हेर्न नमिल्नेमा
वि.सं.२०८० असोज २५ बिहीवार २०:२५
3.55K
shares
shares

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध परेको रिटमा आज सुनुवाइ हुन सकेन।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी रहेको मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित भएको हो।
अर्को पेशी कार्त्तिक १४ गतेलाई तोकिएको छ। अब यो रिटमाथि अर्को न्यायाधीशको पूर्ण इजलासमा अन्तिम सुनुवाइ हुनेछ।
रिगलले खुकुरी प्रहार गरी २९ असार २०७२ सालमा २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।तर ५० प्रतिशत पनि कैद भुक्तान नगरी उनले आममाफी पाएका थिए।































