निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सुरक्षा साँस्कृतिक सचेतनात्मक कार्यक्रम सम्पन्न

4.51K
shares
काठमाण्डौ ।  प्रहरी वृत्त जनसेवा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,महांकालस्थान र लगं:खल: काठमाण्डौको आयोजनामा निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा ६८ औं प्रहरी दिवस २०८० को अवसरमा काठमाडौं महानगरपालिका-२१ लगनमा शुक्रबार प्रहरी ब्याण्ड डिस्प्ले तथा सुरक्षा साँस्कृतिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक थापाले नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न, विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्न तथा दुर्घटना न्यूनीकरण गर्नका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । नजिकै आउँदै गरेका चाडपर्वहरूलाई सुरक्षित साथ मनाउनका लागि नेपाल प्रहरीले विशेष कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको उनले उल्लेख गरे । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र बहादुर खत्री, प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू तथा स्थानीय जनप्रतिनिधिहरु लगायत आमन्त्रित महानुभावहरूको साथै स्थानीय बासिन्दाको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल प्रहरीको सङ्गीत विद्यालयको ब्याण्ड टोलीले देशभक्तिपूर्ण साङ्गीतिक धुन प्रस्तुत गरेको थियो । साथै सोही अवसरमा जनचेतनामूलक लोक दोहोरी, नृत्य तथा नाटक समेत प्रस्तुत गरिएको थियो ।
तस्वीरमा हेर्नुहोस्
May be an image of 1 person and text that says 'लगं खल:'
May be an image of 4 people, flute, trumpet, clarinet and text
May be an image of 3 people, temple and text
May be an image of 2 people, clarinet, flute and temple
May be an image of 7 people, dais and text

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083