माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समितिद्धारा शुभकामना आदान-प्रदान
वि.सं.२०८० असोज २६ शुक्रवार २२:०६
shares

काठमाडौ । नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका ७ नम्बर वडा समितिले आउदै गरेको विजयी दशमी २०८० को अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम गरेको छ ।
‘जनतासँग माओवादी : विशेष रुपान्तरण’ अभियानकै क्रममा चाबहिलमा एक कार्यक्रम आयोजना गरी विजयी दशमीको अवसरमा शुभकामना आदान-प्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको हो।
साथै उक्त कार्यक्रमको अवसरमा नेता भुषालले शुभकामना दिदै अभियानलाई अझ शशक्त बनाउन दशैको अवसरमा आ-आफ्नो क्षेत्रमा घर गएको बेला अभियानलाई निरन्तरता दिनका लागि सबै नेता कार्यकर्ताहरुमा अपिल समेत गरेका छन् ।

चियापान कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान ७ नम्बर वडाका संयोजक इन्द्र भुषाल, बागमती प्रदेश सदस्य डम्बर अधिकारी, रत्नमनी गौतम, रामेश्वर जंग केसी, माधब अधिकारी, महेन्द्र घोरासैनी वडा समितिका पदाधिकारी, सदस्य, समाजसेवी, बुद्धीजीवी, वडावासी नागरिकहरु, युवा विद्यार्थी नेताहरु लगाएतको उपस्थिति रहेको थियो ।
(तस्वीरमा हेर्नुहोस्)




































