प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम सम्पन्न

4.73K
shares
काठमाण्डौ ।  जिल्ला होटल व्यवसायी संघ काठमाण्डौको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम प्रेसिडेण्ट सेकुवा एण्ड रेष्टुरेण्ट,महाराजगंज काठमाण्डौमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले होटल व्यवसायी गर्दा कानुन सम्मत तथा मर्यादित हुनेपर्नेमा जोड दिदै होटल,लज तथा रेष्टुरेण्टमा हुने विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्नका लागि नेपाल प्रहरीले यस्तै सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । होटल व्यवसायीहरू आचारसंहिताको पालना गर्दै विभिन्न प्रलोभनमा पारी लुटपाट, ठगी तथा गैरकानुनी कार्यलाई निरूत्साहित गर्न अनुरोध गर्दै गलत नियत गर्ने व्यवसायीसँग कानुनी कठोरताका साँथ प्रहरी प्रस्तुत हुने बताए।
May be an image of 6 people, dais and text
साथै, नजिक आउँदै गरेका चाडपर्वहरूलाई सुरक्षित साथ मनाउनका लागि नेपाल प्रहरीले विशेष सुरक्षा कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको उनले उल्लेख गरे ।
कार्यक्रममा प्रहरी वृत महाराजगंजका प्रमुख प्रहरी नायव उपरीक्षक तथा अन्य प्रहरी कर्मचारीहरू, होटल व्यवसायी महासंघका पदाधिकारीहरू, जिल्ला होटल व्यवसायी संघ काठमाण्डौका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।
May be an image of 5 people, dais and text that says 'विजया दशमी, शुभ दीपावली, छठ पर्व-२०१० पर्व नेपाल संवतको पावन अवसरमा तथा शुभकामना तथा आदान प्रदान आयोजित 201० कार्तिक गते बधाई कार्यक्रम स्थान: प्रेसिडेण्ट सेकुवा एण्ड रेष्टुरेण्ट महाराजगंज, काठमाडौ आयोजक: काठमाण्डौ जिल्ला NN'
May be an image of 4 people, dais and text

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083