घरेलु हिंसाको संवेदनशिलताप्रति गम्भिर हुन सबै प्रशिक्षार्थिहरुलाई एआईजी भण्डारीद्धारा आग्रह

4.64K
shares
काठमाडौ ।  २०८०/०६/२४ गते देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालित “घरेलु हिंसा उजुरी सुनुवाई तथा मेलमिलाप सिप विकास प्रशिक्षक प्रशिक्षण अनुशिक्षण तालिम (सि.प्र.अ/जु.प्र.अ)” प्रथम समूहको आज मिति २०८०/०७/०१ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूको प्रमूख आतिथ्यतामा कार्यक्रम समापन भएको छ ।
समापन कार्यक्रममा प्रमूख अतिथीज्यूले तालिममा सहभागि महिला-५/पुरुष-१९ गरी जम्मा २४ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भयो । निर्देशन गर्ने क्रममा प्रहरीको सानो कमजोरी एवं लापरवाहिले कसैको घरवार बिग्रन सक्ने हुदा घरेलु हिंसाको संवेदनशिलता प्रति गम्भिर हुन सबै प्रशिक्षार्थिहरुलाई आग्रह गर्नु भयो ।
May be an image of 2 people and text
घरेलु हिंसा सँग सम्बन्धित विषय वस्तुको अभिलेखिकरणलाई व्यवस्थित गर्नुका साथै उजुरी सुनुवाई सम्बोधन प्रक्रियामा एकरुपता कायम गर्न हुन र प्रशिक्षणका क्रममा सिकेका ज्ञान, सिप सम्बन्धित अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रभावकारी रुपमा प्रशिक्षित गर्न हुन समेत निर्देशन गर्नुभयो । अन्त्यमा, सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकोमा सम्पुर्ण प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भयो ।
May be an image of 10 people, dais and text that says 'National cademy, rajgunj'
साथै, कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले तालिम सम्बन्धि संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सीज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जि.सी, प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक बेल बहादुर पाण्डे, प्रहरी उपरीक्षकहरु लगायत अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गहरु समेतको उपस्थिती रहेको थियो ।
May be an image of 5 people, dais and text
May be an image of 2 people and text
May be an image of 3 people and text
May be an image of 3 people and text
May be an image of 4 people and text
May be an image of 3 people and text

National Police Academy बाट साभार


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083