एआईजी सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा अन्तरक्रिया एवं तालिम कार्यक्रम सम्पन्न

4.9K
shares
काठमाडौ । २०८० कात्तिक १५ गते देखि संचालित ६ दिने कार्य  “Virtual TOT on Protection and Promotion of Human Rights (S.O.)” तेस्रो समूह अनलाईन तालिम राष्ट्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक  प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको छ । 
 कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक साथै प्रशिक्षार्थीहरू बीच Virtual माध्यमबाट अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
May be an image of 8 people, television and text
कार्यक्रममा कार्यकारी निर्देशकद्धारा  दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई Virtual माध्यमबाट प्रमाणपत्र- वितरण र अन्तरक्रियाको क्रममा उठेका विषयहरूलाई सम्बोधन गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका निर्देशक, सह-निर्देशकहरू, अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य लगायत अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको उपस्थिति रहेको थियो । उत्त तालिममा प्रहरी नायव उपरीक्षक १ र प्रहरी निरीक्षक २३ गरी जम्मा २४ जना प्रशिक्षार्थीहरू सहभागी रहेको थियो ।
May be an image of 7 people, ambulance and text
May be an image of 6 people, newsroom and text
May be an image of 5 people and text
May be an image of 8 people, people studying, television and text

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083