नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशद्धारा स्वास्थ्य शिविर सम्पन्न

पोखरा । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराद्धारा आयोजित एवं गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको सह-आयोजनामा गण्डकी प्रदेश प्रहरी अस्पताल,पार्दी पोखरामा एक दिवसिय “नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न भएको छ ।
महिला सिप विकास संस्था पोखरामा प्रशिक्षणरत महिला प्रशिक्षार्थीहरुलाई लक्षीत गरी संचालन गरिएको उक्त स्वास्थ्य शिविर नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश,पोखराकी अध्यक्ष अनिता गुरुङको अध्यक्षता र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरिएको थियो ।
शिविरमा आउनुभएका सेवाग्राहीहरुलाई बिरामी जाँच पुस्तक हस्तान्तरण गरी प्रमुख अतिथि गुरुङले उक्त शिविरको उद्घाटन गर्नुभएको थियो ।
विगत लामो समयदेखी पोखरामा स्वास्थ्य बिशेषज्ञ सेवा प्रदान गर्दै आउनु भएका चिकित्सकहरुबाट स्वास्थ्य परामर्श प्रदान गरीएको उक्त शिविरमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि गुरुङले व्यक्तिगत स्वास्थ्य नै मानिसको ठुलो धन भएको बताउदै सेवाग्राहीको व्यक्तिगत स्वास्थ्यमा ध्यान पुर्याउन शिविरले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिस्वास व्यक्त गर्नुभयो ।

५९ जना सेवाग्राहीहरुलाई सेवा प्रदान गरिएको उक्त शिविरमा सामान्य स्वास्थ्य चेकजाच, स्त्रीरोग, हाडजोर्नी सम्बन्धी विशेषज्ञहरु बाट परामर्श गरी आवाश्यकता अनुसार नि: शुल्क औषधी समेत वितरण गरिएको थियो ।
नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराकी अध्यक्ष अनिता गुरुङले सेवाग्राही तथा शिविर सफल पार्न उपस्थित सम्पुर्ण धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रममा शिविर सञ्चालन गर्न सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गरीएको थियो ।
तस्वीरमा हेर्नुहोस्
२१ कात्तिक २०८०, मंगलवार १८:५९ बजे प्रकाशित