लुम्बिनी विकास कोषले भूकम्प प्रभवितलाई २५ लाख सहयोग गर्ने

Nepal Life Insurance Long Ad

लुम्बिनी । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पिडितहरुका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ ।

कोष सचिवालयको बैठकले तत्तकाल राहात र उद्धारका लागि कोषका तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतीप्रती दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितहरुलाई प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोष मार्फत सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

सदस्य सचिव शाक्यका अनुसार कोषका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री एंव कोषका अध्यक्ष सुदन किराँती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्नेछन । कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यू भएको गहृमन्त्रालयले जनाएको छ ।

२१ कात्तिक २०८०, मंगलवार २०:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु