नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न
वि.सं.२०८० कात्तिक २८ मंगलवार १२:२४
4.97K
shares
shares

काठमाडौ । नेपाल प्रहरी श्रीमती संघले देउसी भैलो कार्यक्रम गरेको छ । पश्चिम नेपालका भूकम्प पीडित महिला तथा बालबालिकाहरुका लागि सहयोगार्थ नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित ‘देउसी भैलो कार्यक्रम २०८०’ नेपाल प्रहरी महानिरीक्षकको निवास नक्सालमा सम्पन्न हो।

उक्त ‘देउसी भैलो’ कार्यक्रममा प्रमुख अतिथी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, प्रहरी अतिरीक्त महानिरीक्षकहरु, प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु र सिनियर प्रहरी अधिकृत तथा जवानहरुको सामुहिक सहभागिता रहेको थियो ।
तस्वीरमा हेर्नुहोस्








































