प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

“राज्य तथा सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा अन्तरक्रिया कार्यक्रम

Nepal Life Insurance Long Ad

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “राज्य तथा सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम भएकाे छ ।

कार्यक्रममा प्रशिक्षार्थीहरूले उठाएका जिज्ञासाहरूको सम्बोधन गर्दै प्रशिक्षार्थीहरुलाई प्रतिष्ठानमा रहेको SOCO ल्याबमा Finger Print Lifting सम्बन्धि Simulation exercise, प्रतिष्ठानको प्राङ्गणमा घटनास्थलको सुरक्षा गरी लास जाँच मुचुल्का गर्ने तथा Court Simulation को exercise समेत अवलोकन गराई चियापान कार्यक्रम पश्चात कार्यक्रम सम्पन्न भएकाे थियाे ।

May be an image of 8 people, people studying and text

प्रतिष्ठानमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षणरत “आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training-BAT)” ३७ औं समूहका २६ जना नव नियुक्त राजपत्राङ्‌कित तृतीय श्रेणीका प्रशिक्षार्थी अधिकृतहरु नेपाल प्रशासनिक प्रतिष्ठानका उप-अध्ययन प्रमुख गितान्जली उपाध्यायको नेतृत्वमा स्थलगत अध्ययन भ्रमणमा प्रस्थान भएकोमा प्रतिष्ठानका प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीले स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूको तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीलाई उत्कृष्ट प्रस्तुतीकरण तथा जिज्ञासाहरूको सम्बोधन गरी लाभान्वित गराउनु भएकोमा धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।

May be an image of 10 people and text

May be an image of 11 people and text that says 'National Police Academy, Maharajgunj'

May be an image of 10 people, table, newsroom and text

May be an image of 4 people, dais and text

May be an image of 6 people, dais and text

National Police Academy बाट साभार

५ मंसिर २०८०, मंगलवार २२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु