काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

5.02K
shares
काठमाण्डौकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाबीच काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाको तर्फबाट आयोजना प्रमुख निर्मल राज बरालले रु.१,०१,२३,१२०/६६ (अक्षरेपी एक करोड एक लाख तेईस हजार एक सय बिस र पैसा छैसठ्ठी मात्र) रकमको सिसिटिभी जडान गर्ने उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।
सो कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत च:मती जग्गा एकीकण आयोजनासँग सहकार्य गर्दै जाने बताउनु भयो ।
May be an image of 3 people
काठमाण्डौ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गर्न सिसिटिभि जडान गराउने सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।
साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
May be an image of 10 people and text

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083