इतिहासको मञ्चबाट गलहत्याइएका तत्व फेरि फर्कने जमर्को गर्दैछन् – प्रधानमन्त्री

4.15K
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

‘यो उपलब्धि सानो दुख, त्याग र बलिदानले प्राप्त गरेको होइन। सबै ठुला क्रान्ति, आन्दोलन र परिवर्तनपछि प्रतिगामी या इतिहासको मञ्चबाट गलहत्याइएका तत्वहरुले फेरि फर्कने जमार्को गर्छन्। उनीहरुले अन्तिम रुपमा तागत प्रयोग गर्ने कोशिस गर्छन्। त्यो जहाँ पनि हुने गरेको छ। अहिले त्यही अनुसार निरंकुशतावादी तत्वहरु फेरि पुनरागमन गर्ने षड्यन्त्र गर्दैछन्।’ उनले भने, ‘यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’

अहिले ल्याएको उपलब्धिमा शान्तिपूर्ण र सशस्त्र सबैखालको आन्दोलनको योगदान गरेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083