कोशी प्रदेश प्रहरी प्रमुख बास्तोलाद्धारा जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण भ्रमण सम्पन्न
वि.सं.२०८० मंसिर १० आइतवार १६:२६
shares

भोजपुर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षणको क्रममा उनले कार्यालय तथा सम्पुर्ण शाखाहरुको समेत निरीक्षण गरी कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका थिए ।
निर्देशनको क्रममा डीआईजी बास्तोलाले प्रहरी अनुशासित र ईमान्दारी भई दुरुस्त प्रहरी पोशाक लगाई आम नागरिकहरुसँग सदैव शिष्ट र सभ्य व्यवहार गर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन र पुराना पेन्डिङ अपराधका मुद्धाहरुलाई प्राथामिकतामा राखी कार्य गर्न निर्देशन दिए ।

प्रहरीले पाएको व्यबस्थित भवनको साथै असभावका सामानहरुको हिफाजत गरी प्रयोग गर्न, सामुदायिक साझेदारी कार्यक्रम तथा लैंगिंक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभाकारी रुपमा संचालन गरी दुर दराजमा रहेका नागरीहरुको समेतमा सचेतना बृद्धी हुने गरी कार्यक्रम संचालन गर्न निर्देशन समेत दिएका थिए ।





















