निष्पक्ष तरिकाले नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न डीआईजी भट्टराईद्वारा निर्देशन

6.4K
shares

महोत्तरी । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय महोत्तरीको निरीक्षण गरेका छन् ।

महोत्तरी जिल्ला मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी युनिट ईन्चार्जहरुलाई जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थापन, अहिलेको बदलिँदो परिवेश समय अनुसार छिटो छरितो र निष्पक्ष तरिकाले नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।

साथै सीमा क्षेत्रमा हुने भन्सार चोरी निकासी तस्करी बिरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्न अपील गर्दै, लागु औषध नियन्त्रण, सवारी दुर्घटना नियन्त्रणका लागि नियमित रुपमा चेकजाँच गर्नु पर्ने बताए ।

May be an image of 10 people and text

नायव महानिरीक्षक भट्टराईले अवैध कारोवारलाई नियन्त्रण गर्न सूचना संकलन एवं विश्लेषण गरी प्रभावकारी चेकजाँच गर्ने तथा आमजनमानसमा प्रहरी प्रतिको छवि अझ राम्रो पार्नको लागि सृजनात्मक कार्यहरु गर्ने लगायतका सम-सामयिक विषयहरुमा निर्देशन समेत दिए । कार्यरत प्रहरी कर्मचारीहरुलाई अनुशासनको परिधी भित्र रही उच्च मनोबलका साथ त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

उक्त कार्यक्रममा महोत्तरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्ल, त्यसै गरी जिल्लामा कार्यरत सम्पुर्ण प्रहरी युनिट ईन्चार्जहरु लगाएतको उपस्थीती रहेको थियो ।

May be an image of 5 people and text

May be an image of 9 people and dais

May be an image of 12 people and text

May be an image of 4 people and ambulance


unigloble collage
baneshwor multiple campus ad -2083