PRESIDENT पदमा निर्वाचित भए पछि डा. लामाको अपिल : ‘बुद्धको पवित्र जन्मभुमि लुम्बिनी घुम्न आउनुस’

5.07K
shares

 काठमाडौ । नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महादिवेशन बाट International Buddhist Confederation (IBC) को PRESIDENT पदमा निर्वाचित भए पछि कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले बुद्धको पवित्र जन्मभूमि लुम्बिनी घुम्न आउन विश्वभरका बुद्धमार्गीहरुलाइ अपिल गरेका छन् ।

आफुलाई विश्वास गरेर IBC को PRESIDENT जस्तो गरिमामय पदमा निर्वाचित गर्न सहयोग गर्ने सम्पुर्ण सदस्य राष्ट्र र प्रतिनिधिलाई विशेष धन्यवाद समेत व्यक्त गरेका छन् । उपाध्यक्ष डा. लामाले IBC को स्थापना काललाई स्मरण गर्दै यस अवस्था सम्म ल्याउन सहयोग गर्ने भारत सरकारलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।

विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महादिवेशन सोमबार देखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ। विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था विश्व बौद्ध शिखर सम्मेलनको महादिवेसनमा सहभागी हुन उपाध्यक्ष डा. लामा दिल्लीमा रहेका छन्।

विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था IBCको स्थापनाकाल २०११ साल देखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका हुन् । २०१७ को दोस्रो महादिवेशन बाट अधिकार प्राप्त कार्यकारी सदस्यमा पुनः निर्वाचित भएर सचीवमा निर्वाचित भएका उपाध्यक्ष डा.लामा IBC को स्थायी समितिमा हुदै कार्यकारी समितिमा निर्वाचित हुदै President पदमा निर्वाचित भएका हुन् ।

भारत सरकारको मातहतमा रहेको IBC ले सय करोड भन्दा धेरै बुद्धिष्टहरुलाई एकता गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाउदै आएको छ। बुद्धिष्ट संग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरुको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरुको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ। बुद्धदर्शनको विकास साथ-साथै संसार भर छरिएररहेका बुद्धधर्म अवलम्बीहरुमा विकृति विसंगति र धर्म परिवर्तन गर्ने जस्तो अस्वभाविक अवस्था आउन नदिन यस संस्थाले विशेष भुमिका खेल्ने छ।

युगौ देखि विभिन्न खाले उत्पीडन र अत्याचार समेत व्यहोर्दै आएको बुद्धिष्टहरुलाई न्याय दिलाउन सबै प्रकारको उत्पीडन अन्त्यको लक्ष्य समेत IBCले राखेको छ। हाल भारतको नयाँ दिल्लीमा रहेको बुद्धिष्टहरुको छाता सगठन जसले विश्वभरका बौद्धमार्गीहरुको साझा मञ्चको रूपमा काम गर्दै आइरहेको छ भने IBCको हाल ३९ देशहरूमा ३२० भन्दा बढी सगठनहरु रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083