‘गौतमबुद्ध जन्माउने मायादेवीको नाममा प्रसूति गृह खोल्नुपर्छ’ : मन्त्री किराती

5.06K
shares

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मायादेवी प्रसूति गृह स्थापना गर्न संसारका बौद्धमार्गीहरुलाई आग्रह गरेका छन् । लुम्बिनीमा सरोकारवालाहरुसँग कुरा गर्दै मन्त्री किरातीले गौतमबुद्ध जस्तो संसारले चिनेको व्यक्तित्व जन्माउने आमाको सम्मानमा लुम्बिनीमा मायादेवी प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

May be an image of 6 people, temple and text that says 'रोह'

किरातीले भने, ‘मायादेवीले गौतमबुद्धलाई माइती जानेक्रममा जन्माउनुभयो । गौतमबुद्धलाई जन्माउने क्रममा उहाँको निधन भयो । सायद त्यतिबेला प्रसूति गृह भइदिएको भए उहाँको अकालमा निधन हुने थिएन होला । त्यसैले उहाँको सम्मानमा लुम्बिनीमा प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्छ ।’

किरातीले अगाडि भने, ‘त्यसको अर्को फाइदा भनेको गौतमबुद्धको जन्मथलोमा सन्तान जन्माउने कतिलाई रहर पनि हुन सक्छ । यसले धार्मिक पर्यटनसँगै स्वास्थ्य क्षेत्रमा एउटा फड्को मार्न सक्छ । त्यसकारण संसारको बौद्धमार्गीहरुलाई आह्वान गरेर एउटा वृहत् प्रसूतिगृह सञ्चालनमा ल्याउने योजना बनाउनुपर्छ ।’

May be an image of 8 people and suit

May be an image of 7 people and dais

May be an image of 8 people and temple

 

May be an image of 7 people and templeMay be an image of 1 person, temple and text

May be an image of 12 people and temple

May be an image of 5 people

May be an image of 10 people, temple and text

May be an image of 2 people and temple


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083