अनलाइन मार्फत उजुरी गर्न प्रहरी वृत्त नयाँ बानेश्वरको अनुरोध

5.75K
shares

काठमाडौं  ।  प्रहरी वृत्त नयाँ बानेश्वरले अनलाइन मार्फत गुनासो वा उजुरी गर्न तथा सल्लाह र सुझाव दिन आग्रह गरेको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवराज बुढाथोकीले सेवा प्रवाह तथा प्रहरी कामकारबाही सम्बन्धी गुनासो भए ‘क्यूआर कोड’ स्क्यान गरी अनलाइनमार्फत सुझाव दिन आग्रह गरेका हुन् । उनले यसमार्फत् सेवा प्रवाह तथा प्रहरीको कामकारबाही सम्बन्धी गुनासो राख्न पनि अनुरोध गरेका छन् ।

‘प्रहरी वृत्त नयाँ बानेश्वरबाट हुने सेवा प्रवाह तथा प्रहरी कामकारबाही सम्बन्धी कुनै पनि गुनासो, सल्लाह सुझाव भएमा क्यु आर कोड स्क्यान गरी अनलाइन मार्फत गुनासो, उजुरी, सल्लाह सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।