पुरस्कार वितरण कार्यक्रम सम्पन्न

4.94K
shares
पोखरा ।  नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा मंसिर ६ गते देखी १५ गते सम्म सञ्चालन भएको ४१ औं आई. जि.पि रनिङ शिल्ड फुटबल प्रतियोगिता-२०८० को उपाधि जित्न सफल भएको गण्डकी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले फुटबल टिममा संलग्न व्यबस्थापक, प्रशिक्षक लगायत सम्पूर्ण खेलाडिहरुलाई जनहि रु. दश हजार (रु.१०,००० ।- ) नगद र विभागिय रुपमा समेत पुरस्कार प्रदान गर्नु भएको छ ।
समुह चरणको पहिलो खेलमा लुम्बनी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई दोस्रो खेलमा बागमति प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई, सेमिफाईनलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीलाई र फाईनल खेलमा नेपाल प्रहरी प्रधान कार्यालयको फुटबल टोलीलाई १-० को गोल अन्तरले पछि पार्दै गण्डकीले उपाधि हात पारेको हो ।
पुरस्कार वितरण कार्यक्रममा खेलाडि टोली व्यबस्थापक, प्रशिक्षक र खेलाडिलाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले खेल एक साधना रहेको र प्रहरी खेलाडिले जहाँ कार्यसम्पादन गर्नुपरे पनि आफ्नो साधनामा सक्रिय रहनु पर्ने बताउनु भयो । सिमित स्रोत र साधनको उच्चतम प्रयोग गरी सुरक्षाका विषयमा गण्डकी प्रदेश प्रहरीले नयाँ-नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन गरीरहेको अवस्थामा फुटबल टोलीको जितले समग्र गण्डकी प्रदेश प्रहरीलाई थप उर्जा प्रदान गरेको बताउनु भयो ।
कार्यक्रममा फुटबल टोलीका व्यबस्थापक प्रहरी निरीक्षक प्रताप पौडेलले खेलाडिहरुलाई थप प्रशिक्षण र अवसर प्रदान गर्न सके अझै उत्कृष्ट खेल प्रदर्शन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
May be an image of 1 person and text
May be an image of 11 people, clarinet and text
May be an image of 10 people and text

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083