बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न”
वि.सं.२०८० मंसिर १७ आइतवार २०:३८
shares

काठमाडौ । नेपाल तेक्वान्दो संघको आयोजनामा २०८० मङ्सिर १४ गतेदेखि १७ गतेसम्म सातदोबाटो, ललितपुरमा संचालन भएको “2nd NTA League Championship-2023” प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १६ पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुलाई आज मिति २०८०।०८।१७ गते रा.प्र.प्र.प्र.प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्र.अ.म.नि. सन्दिप भण्डारीले एक कार्यक्रमका बीच सम्मान गर्नु भएकाे छ ।
उक्त कार्यक्रममा बधाई ज्ञापन गर्दै प्रमुख अतिथिले नेपाल प्रहरीका खेलाडीहरुले प्राप्त गरेको सफलता प्रति गौरवान्वित भएको र खेलकुदको विकासका लागि सदैव प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नु भयो ।
साथै आगामी मिति २०८०।०८। १९ र २० गते सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजना हुने “तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता-२०८०” मा सहभागिता जनाउने तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुलाई थप सफलताको शुभकामना समेत व्यक्त गर्नु भएकाे थियोे ।






























