प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० मंसिर १८ सोमवार २०:०८
shares

काठमाडौ । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा आधारभूत तालिम अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकाे छ ।
२०८० साल असोज १४ गते देखि संचालित घटनास्थल अधिकृत आधारभूत तालिम (SOCO) जु.प्र.अ. ४२ औं समूहका २४ जना प्रशिक्षार्थीसँग आज प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दिप भण्डारीद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रममा प्रशिक्षार्थीहरुबाट घटनास्थल तथा अपराध अनुसन्धान क्षेत्रसँग सम्बन्धित उठेका जिज्ञासा सम्बोधनको क्रममा तालिममा सिकेका ज्ञान, सीपहरुलाई कार्यक्षेत्रमा घुलित नभईकन आफ्नो भूमिका निर्वाह गरी दत्तचित्त भई काम गर्न निर्देशन दिए । साथै सहभागी प्रशिक्षार्थीहरूबाट तालिमलाई थप प्रभावकारी, अत्याधुनिक, वैज्ञानिक बनाउन सुझाव समेत मागेका थिए ।
उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जि.सी. लगाएत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत सहभगिता रहेको थियो ।






























